ग्लोबल आइएमई र महालक्ष्मीले गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबिच गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र महालक्ष्मीका सिइओ दीपेश लम्सालले हस्ताक्षर गरे । 

ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्ने सम्झौतापत्रमा उल्लेख छ । 

सुझावित समाचार