बाढीपीडितलाई भाटभटेनीका अध्यक्ष गुरुङको एक करोड ११ लाख सहयोग

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले सोमबार प्रधानमन्त्री केपी ओलीलाई सो परिमाणको चेक हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीले उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको जानकारी दिए । 

पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएकाले सरकारी राहत कोषमा रकम जम्मा गर्न हस्तान्तरण गरिएको गुरुङले बताए । मुलुकलाई अप्ठेरो परेको बेला सहयोग गर्नु नागरिकको दायित्व भएको उनको भनाइ छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् । अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरूको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । 

सुझावित समाचार