निरन्तरको वर्षाले रातु नदीको जलस्तर बढ्यो

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

महोत्तरीको बर्दिवासस्थित रातु नदीको पुलमा रहेको मापन स्केलमा जलसतह १.५ मिलिमिटर रहेको छ। निरन्तरको वर्षाको कारण जलस्तर बढ्दो छ। यसले तल्लो क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ। प्रशासन अलर्ट अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

सुझावित समाचार