एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा छुट

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरका लागि चाडपर्वमा छुट दिने भएको छ । बैंकका ग्राहकले बुद्ध एयरको वेबसाइटबाट हवाई टिकट काट्दा १० प्रतिशत क्यासब्याक या अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउने भएका छन् । 

चाडपर्वमा ग्राहकको सहज यात्राका लागि यो अफर ल्याएको जनाएको छ । अफर छठसम्मका लागि लागू हुने बताइएको छ । बैंकले देशभरका दुई सय एक शाखा, एक सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार