सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका– ५, हरिपूर्वानिवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् ।
उनीहरूबिच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्न युवकले विवादमा आफ्नै बुबा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्। घाइते यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।