पलेसालाई एनएमबि बैंकले गर्‍यो पाँच लाख नगदसहित सम्मान

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

एनएमबि बैंकले एसियाली पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्द्धनलाई सम्मान गरेको छ ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले पलेसालाई नगद पुरस्कार पाँच लाख एक हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो ।

पलेसाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै बैंकले एक कार्यक्रमबिच पलेसा र उनका प्रशिक्षकलाई नगद पुरस्कार हस्तान्तरण गरेको हो ।

सुझावित समाचार