काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला चार हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ६० रुपैयाँले घटेर चार हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै मंगलबार दुवै बहुमूल्य धातुको बजार मूल्य घटेको छ ।