मेटलाइफ नेपालले देशभरका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले राजधानीमा कार्यक्रम आयोजना गरी अभिकर्ताको सफलतालाई सम्मान गरेको हो । मेटलाइफका वरिष्ठ उपाध्यक्षका साथै बंगलादेश, मलेसिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा मेटलाइफका अभिकर्ता आफ्नो परम्परागत राष्ट्रिय पोसाकमा आएका कम्पनीले जनाएको छ । मिस एलेना बुटारोवा, कम्पनीका जनरल मेनेजर निर्मलकाजी श्रेष्ठ एवं वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष कार्य गर्ने एजेन्सी मेनेजर, युनिट मेनेजर र फिल्ड प्रतिनिधिहरूको परिश्रम र समर्पणलाई सम्मान गरे । यी बिमा अभिकर्ता वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका थिए ।
कार्यक्रमले वित्तीय सुरक्षाले कुनै सीमा जाँदैन भन्ने नाराका साथ नेपालका सबै कुनाका मानिसलाई एकसाथ ल्याई सबैका लागि अझ बढी विश्वस्त र सुरक्षित भविष्य निर्माण गर्ने प्रेरणा दिएको बताइएको छ ।