सत्तागठबन्धनले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । पदीय आचरणमा प्रश्न उठेको भन्दै गठबन्धनले राजीनामा मागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उपसभामुख रानाले अन्तर्राष्ट्रिय स्तरमा असर पर्ने गरी उपसभामुख पदको लेटरहेड दुरुपयोग गरेको सत्तापक्षको आरोप छ।
सचेतक बर्तौलाले भने, ‘उहाँमाथि प्रश्न उठेको छ । पदीय आचरणमा प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय स्तरमा असर पर्ने गरी उपसभामुख पदको लेटरहेड दुरुपयोग गर्नुभएको छ । नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ । यो स्पिरिटमा हिजो कुरा उठेको हो । मार्गप्रशस्त गर्नुभएन भने के हुन्छ भन्नेतिर नजाऊँ । बाहिर आएजस्तो निर्णय भने भएको छैन ।’