सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँ छुट

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल र श्री एयरलाइन्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा समझदारी भएको छ । बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट पाँच सय रुपैयाँ आकर्षक छुट पाउने समझदारीपत्रमा उल्लेख छ ।

सो छुट श्री एयरलाइन्सका सबै कार्यालयका काउन्टरबाट प्राप्त हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
 

सुझावित समाचार