महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त आइएसओ ९००१:२०१५ प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै बैंक आइएसो प्रमाणित हुन सकेको हो ।
बैंकले प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकमा अग्रणी बैंक बनेको बताइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेको साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।
यस प्रमाणपत्र प्राप्तिका लागि यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोयल इम्प्याक्ट सर्टिफिकेसन अमेरिकाद्वारा गरिएको थियो ।