सिटिजन्स बैंकका ग्राहकले चरक हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखरा महानगरपालिका– ९ नागढुंगास्थित चरक मेमोरियल हस्पिटलमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दुवै पक्षबिच छुटसम्बन्धी समझदारी भएको छ । समझदारीसँगै बैकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले हस्पिटलमा सो छुट पाउने भएका हुन् । हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा शाखाका व्यवस्थापक अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार होलबडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेसनमा १० प्रतिशतसँगै औषधि खरिदमा पाँच प्रतिशतसम्म छुट पाउनेछन् 

हस्पिटलका निर्देशक पोखरेलले पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै हस्पिटलले गण्डकी प्रदेशका सबैजसो जिल्लामा स्थानीय संघ–संस्थासँग सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए । आवश्यकताअनुरूप ग्रामीण क्षेत्रलाई लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिँदै आएको पोखरेलको भनाइ छ ।

यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न सहयोग पुग्ने व्यवस्थापक अधिकारीले बताए ।

सुझावित समाचार