आर्थिक सुधार आयोग गठनको स्वागत : महासंघ

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने सरकारको घोषणालाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेको छ । महासंघले यसलाई सकारात्मक भन्दै स्वागत गरेको हो ।

महासंघले आर्थिक सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्रसम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति–निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सय दिनको कार्यक्रम घोषणा गरेका थिए । जसमा आर्थिक सुधार आयोग गठनलाई समेत समेटिएको छ ।

सुझावित समाचार