समृद्धि फाइनान्सको औरही शाखाले गर्‍यो वृक्षारोपण

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

समृद्धि फाइनान्सको औरही शाखाले बिहीबार वृक्षारोपण गरेको छ । फाइनान्सले ब्रह्मस्थान मन्दिर र जनता आधारभूत स्कुल औरहीपरिसरमा विभिन्न फलफूल र फूलका २७ वटा बिरुवा रोपेको हो । 

साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभित्र फाइनान्सका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सुझावित समाचार