कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आज आइतबार तय गरिएको छ।
मुख्यमन्त्री यामलाल कँडेलले चारजना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका गरिएको छ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउनेछन्। सत्तासाझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार मन्त्रीको नाम पठाएको थियो।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढा छन् सरकारमा सहभागी हुनेछन्।
नवनियुक्त मन्त्रीहरूले आजै शपथपछि पदभार ग्रहण गर्नेछन्।