झापाको हल्दिबारीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

झापाकाे हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी– ५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकलचालक हल्दिबारी गाउँपालिका– ५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बी एन्ड सी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका– २ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।     
 

सुझावित समाचार