१०६ वर्ष पुरानो दमकल मर्मतसम्भार गरेर प्रयोग

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल मर्मतसम्भार गरेर प्रयोगमा ल्याएको छ । इन्जिनियर तथा मिस्त्री मोहनप्रसाद नकर्मीले १० महिना लगाएर दमकल मर्मत गरेका हुन्। 

आइतबार नकर्मीले मेयर चिरिबाबु महर्जनलाई दमकलको चाबी हस्तान्तर गरी आफूले मर्मतसम्भार गरेको दमकल चलाएर तीन जिल्ला परिक्रमा गराउन निस्किएका छन्। 

यो दमकल बेलायतले उपहार दिएकोमध्येकै  हो। त्यतिवेला बेलायतले तीनवटा दमकल नेपाललाई दिएको थियो । ललितपुरमा पुगेको दमकल पछिल्लो ४० वर्षदेखि बिग्रिएर थन्किएको थियो ।

बेलायत तथा अमेरिकाबाट पार्टपुर्जा ल्याएर दमकल मर्मत गरिएको हो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउनेछ । योसँगै महानगरमा दमकलको संख्या सात पुगेको छ ।

See More On

सुझावित समाचार