नेपाली सेनाले बलाधिकृत रथी अशोकराज सिग्देलको नागरिकतामा जन्ममिति विवाद नरहेको प्रस्टीकरण दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता गौरवकुमार केसीले रुपन्देहीमा सुरुमा लिएको नागरिकता प्रमाणपत्र, जाजरकोटबाट पछि लिएको प्रतिलिपि तथा उनको शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिमा कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।
सिग्देल प्रधानसेनापतिपछि वरीयतामा उच्चतम सैनिक अधिकृत हुन् । सैनिक प्रवक्ता केसीले रथी सिग्देलको कागजातसमेत प्रस्तुत गर्दै नागरिकता एउटै भएको जिकिर गरे । सिग्देलले १९ साउनमा रुपन्देहीबाट पहिलोपटक नागरिकता लिएका थिए ।
त्यसवेला उनको नागकितामा उमेर १७ वर्ष लेखिएको थियो । सिग्देलले ८ जेठ ०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका थिए । सबै कागजातमा उनको जन्ममिति १९ माघ ०२३ उल्लेख छ ।