सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्ज, पर्सास्थित श्री भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी समझदारी भएको छ ।
समझदारीपत्रमा उल्लेख व्यहोराअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।