सम्भावित महामारीका लागि तयार छैन विश्व

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

युद्धदेखि वातावरणीय विनाश र महामारीको जोखिमसम्म कुनै पनि देशले एकतर्फी रूपमा आफ्ना नागरिकलाई जोगाउन सक्दैन 

विश्वव्यापी महामारी सम्झौतामा सहमतिमा पुग्न विश्वव्यापी समुदायको हालको अक्षमताले सम्भावित संक्रामक रोगव्याधी सम्हाल्ने हाम्रो क्षमतामा महत्वपूर्ण कमी सिर्जना गरेको छ । यो असफलताले विगत सय वर्षमा सबैभन्दा गम्भीर रहेको कोभिड १–१९ जस्तै अर्को महामारीको सम्भावनालाई बढाउँछ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विद्यमान कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय स्वास्थ्य नियममा उपयोगी संशोधन अपनाउने महत्वपूर्ण कदम चालेको छ । तर, यो उत्सव मनाइहाल्नुपर्ने अवस्था भने होइन । सरकारले संशोधित नियमलाई अनुमोदन गरे पनि महामारीको इतिहासलाई दोहोरिनबाट रोक्ने हाम्रो सबैभन्दा राम्रो मौका महामारी सम्झौतामै छ ।

सीमापार गर्ने स्वास्थ्य जोखिमका लागि विश्वव्यापी प्रतिक्रिया सन् १८५१ मा भएको अन्तर्राष्ट्रिय सेनेटरी सम्मेलन हो, जुन हैजाको फैलावटलाई सीमित गर्ने उपायमा केन्द्रित थियो । त्यसवेलादेखिका धेरै पहलले विश्वव्यापी स्वास्थ्य सुरक्षा सुधार गर्ने उद्देश्य राखेका छन्, जसमा सन् १९४६ मा स्वयं डब्लुएचओको गठन पनि समावेश छ । सन् २००५ को इन्टरनेसनल हेल्थ रेगुलेसन्स यो विकासमा एक प्रमुख कदम थियो । यी रेगुलेसन्स (नियम) ले जोखिम मूल्यांकनको आधुनिक युगमा प्रवेश गरे र अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल लागि विश्वव्यापी निगरानी प्रणाली सिर्जना गरियो । तर, नयाँ संयन्त्र जुनोटिक (जनावरमा हुने जीवाणुले मानिसलाई संक्रमित गर्ने) रोगको जटिलता र तीव्र गतिमा बढ्दो खतराको सामना गर्न यी नियम सीमित ठहरिए ।  

इन्टरनेसनल हेल्थ रेगुलेसन्समा प्रमुख परिवर्तन : यो महिनाको सुरुमा डब्लुएचओ विश्व स्वास्थ्य सभाका एक सय ९४ सदस्यले अन्तर्राष्ट्रिय स्वास्थ्यसम्बन्धी नियम निम्न महत्वपूर्ण संशोधनसहित पारित गरे :
- अन्तर्राष्ट्रिय सरोकारका सार्वजनिक स्वास्थ्य आपत्कालको बृहत् वर्गमा हुने घटनाको महत्वलाई जोड दिन ‘महामारी आपत्काल’को परिभाषा थप्नु
-  ‘तयारी’को विशेष उल्लेखसँगै रोकथाममा ध्यान केन्द्रित गरिनु
- ‘समता र ऐक्यबद्धता’को विशेष उल्लेखसँगै र एक समर्पित ‘समन्वय वित्तीय संयन्त्र’का साथ चिकित्सा उत्पादन र वित्तको समान पहुँचको सुदृढीकरण गरिनु
- प्रत्येक राज्यलाई मुलुकभित्र र बीचमा अन्तर्राष्ट्रिय स्वास्थ्य नियम कार्यान्वयनमा सुधार गर्न ‘राष्ट्रिय प्राधिकरण’ स्थापना गर्न मनाउनु देशहरूलाई ‘मिथ्या तथा दुराशययुक्त सूचना सम्बोधनसहित जोखिम सञ्चार’का लागि बलियो क्षमता निर्माण गर्न आवश्यक 
- र, उच्च महामारी सम्भाव्यतासाथ उदीयमान श्वासप्रश्वास संक्रमणको पहिचान बढाउन ‘निर्णय संयन्त्र’ परिमार्जन 

अस्वीकृत प्रस्ताव : प्रस्ताव गरिएका सबै संशोधन कार्यान्वयन भएनन् । केही विश्लेषकले एसिया–प्यासिफिक राष्ट्रबाट पाठ सिक्नुपर्ने विषय समावेश गर्न सिफारिस गरेका थिए, जसले कोभिड–१९ को प्रसारणलाई सुस्त बनाउन उन्मूलन रणनीति प्रयोग गरेको थियो । यसमा खोप र अन्य उपाय कार्यान्वयनका लागि अनुमति दिइएको छ । यस्ता उपायले उच्च आय भएका टापु (एओटेरोआ न्युजिल्यान्ड, अस्ट्रेलिया, सिंगापुर, ताइवान) साथै महादेशीय एसियाका न्यून र मध्यम आय भएका देश अर्थात् भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस, मंगोलियाजस्ता देशलाई सुरक्षित बनाएको थियो । यी राज्यले सामान्यतया महामारी कम नियन्त्रण भएका राज्यका तुलनामा कम अतिरिक्त मृत्युदरको अनुभव गरे । त्यसैगरी, स्रोतमा उन्मूलनको अवधारणा पनि संशोधनमा समावेश भएको थिएन ।

अन्य सम्भावित सुधार पनि अन्तिम मस्यौदामा समेटिएनन् । यसमा जनावरबाट हुने जुनोटिक स्पिलओभर रोक्न, वैज्ञानिक तथ्यांक र नमुनाको थप उन्नत ढंगले साझेदारी र जवाफदेहितालाई सुदृढ पानुपर्नेमा जोड दिइएको थियो । न्युजिल्यान्ड र अन्य राज्यसँग प्रस्तावित परिवर्तनको समीक्षा गर्न १८ महिनाको समय छ । यी राज्यले सम्भावित रूपमा संशोधनको सुसंगत अवस्थामा सम्झौता नगरी असहमत हिस्सामा फरक मत दर्ज गर्न सक्छन् । 

बृहत् विश्वव्यापी सहयोगको आवश्यकता ः एक महामारी सम्झौताले धेरै आवश्यक सुधारलाई सम्बोधन गर्न सक्छ, जसले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमलाई नाघ्न सक्छ । तर, विश्वव्यापी सम्झौतामा पुग्नका लागि हुने वार्ता–संवाद विवादास्पद सावित भइरहेका छन् । विकासोन्मुख राज्यका लागि खोप, उपचार र निदानको बाँडफाँड एवं किफायती मूल्य निर्धारणमा धनी र गरिब देशबीच गहिरो विभाजन देखिएको छ । रोगजनक तथ्यांकको साझेदारी पनि समस्याग्रस्त सावित भएको छ ।

डब्लुएचओलाई लकडाउन र खोप जनादेशजस्ता प्रतिबन्धात्मक उपाय लागू गर्ने शक्ति दिइन्छ भन्ने पूर्ण रूपमा निराधार दाबीले संवादलाई थप कमजोर बनाएको छ । यी चुनौतीका कारण अन्तर्राष्ट्रिय समुदाय अझै पनि महामारी सम्झौताका लागि बनाइएको मस्यौदामा सहमत हुन सकेका छैनन् । डब्लुएचओले चलिरहेका संवादका लागि अर्को चरण तय गरेको छ, जुन निर्धारित समयभन्दा वर्षौं ढिला हुनेछ ।

युद्धदेखि वातावरणीय विनाश र महामारीको जोखिमसम्म कुनै पनि देशले एकतर्फी रूपमा आफ्ना नागरिकलाई मानवताका लागि गम्भीर साझा खतराबाट जोगाउन सक्दैन । तैपनि, विश्वव्यापी एकता र सहयोगको आवश्यकता पहिलेभन्दा बढी छ । यसकारण अन्तर्राष्ट्रिय कानुनका धेरै प्रमुख क्षेत्रका लागि समर्थन असफल भइरहेको छ । हामी यसका लागि दुई करोड ७० लाखभन्दा बढी मानिसको सम्झनामा ऋणी छौँ, जो कोभिड–१९ बाट हालसम्म मरेका मानिसको अनुमान हो । भविष्यका पुस्ताका लागि बढ्दो खतराको संकेत देखिँदा हामी सुरक्षित र थप सुरक्षित संसार प्राप्त गर्न सक्दो गर्न सक्छौँ ।

(बकेर ओटागो विश्वविद्यालयका जनस्वास्थ्यका प्राध्यापक हुन् भने गिलिस्पी वाइकातो विश्वविद्यालयका कानुनका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट

See More On

सुझावित समाचार