नवलपुरको कावासोतीमा रहेको केरुंगे खोलामा अवैध रूपमा गिट्टी निकाल्दै गरेका तीनवटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डन्डामा रहेको केरुंगे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले तीनवटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।
प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसिबीलाई प्रहरी चौकी डन्डामा राखिएको छ। ती टिपर र जेसिबी चाइना स्टेट कम्पनीकाे रहेकाे स्थानीयकाे दाबी छ।