प्रतिनिधिसभा बैठक मंगलबार बस्ने

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ गते मंगलबार बिहान ११ बजे बस्ने भएको छ। 

मन्त्रालयहरूबाट प्राप्त वार्षिक विकास कार्यक्रमसम्बन्धी पुस्तक सांसदहरूलाई अध्ययन गर्न समय उपलब्ध गराउनुपरेकाले आजका लागि निर्धारित बैठक स्थगन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।

सभामुख देवराज घिमिरेसहित उनको सरकारीनिवासमा संसदमा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकसँग आज बिहान बसेकाे बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययन गर्न समय दिनुपर्ने भएकाले प्रतिनिधिसभाको आज तय गरिएको बैठक स्थगन गर्ने निर्णय गरेको हो। 
 
बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची थियो। संसद् सचिवालयले आजका लागि विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम तय गरेको थियो।  

सुझावित समाचार