पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार बिहान विनयी-त्रिवेणी गाउँपालिका ५ चुकाहामा एकै परिवारका पाँचजना बिरामी परेका हुन्।
जंगली च्याउ खाएर बिरामी हुनेमा ५३ वर्षीय कुमारसिंंह सारू, उनकी श्रीमती ३८ वर्षीया दिलमाया सारू, १६ वर्षीया छोरी सुकमाया, ११ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी सिर्जना छन्।
उनीहरूको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।