जनमत पार्टीका सतिशकुमार सिंह मधेशको मुख्यमन्त्री बन्दै

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपाल साढे ६ वर्षपछि सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ।

जनमत पार्टीका सतिशकुमार सिंह मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। जनमत पार्टीको प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवलाई उछिन्दै सिंह मुख्यमन्त्री बन्न लागेका हुन्। पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

जसपाले संघीयता कार्यान्वयनदेखि नै मधेश सरकारको नेतृत्व गर्दै आएको थियो। तर, मुख्यमन्त्री रहेका यादवले बुधबार प्रदेश सभामा विश्वासको मत नपाएपछि जसपा नेपाल पहिलोपटक प्रदेश सरकारबाट बाहिरिएको हो।

त्यससँगै प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरिसकेकी छिन्। नयाँ मुख्यमन्त्री बन्न लागेका सिंहलाई एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीले समर्थन जनाउने बताइएको छ।

सुझावित समाचार