बजेट व्यावहारिक हुँदाहुँदै पनि समन्वयको कमी देखिन्छ : सांसद झा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण
बजेट व्यावहारिक हुँदाहुँदै पनि समन्वयको कमी देखिन्छ : सांसद झा

फाइल तस्बिर

राष्ट्रिय सभा सांसद मनीष झाले बजेट निर्माणमा समन्वयको कमी देखिएको बताएका छन्। आइतबारबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद झाले अन्तरमन्त्रालयबीच समन्वयको अभाव देखिएको बताएका हुन्। 

सांसद झाले राजनीतिक तथा सैद्धान्तिक रूपमा अध्यादेश वा मर्सल लगाएर बजेट आउँछ भन्ने थियो, सहज रूपमा आउनु र ठूलो आकारको पपुलिस्ट बजेट आउँछ भन्ने थियो, तर व्यावहारिक आउनु यसको सबल पक्ष भएको बताए। 

‘बजेटको केही सबल पक्ष र दुर्बल पक्ष छन्। राजनीतिक तथा सैद्धान्तिक रूपमै अध्यादेश वा मर्सल लगाएर बजेट आउँछ भन्ने थियो सहज रूपमा आयो। यस्तो ठूलो आकारको ‘पपुलिस्ट’ बजेट आउँछ भन्ने थियो, तर व्यावहारिक नै आयो,’ उनले भने, ‘यति हुँदाहुँदै पनि व्यतीत भइरहने केही खर्चलाई नियन्त्रण गर्न सकिन्थ्यो त्यो बजेटले समेटेको देखिँदैन। राजनीतिक परिवर्तनले राखेको लक्ष्य र कर्मचारी तन्त्रको कार्यान्वयन गर्ने क्षमता पुगेको देखिँदैन। ग्रोथ सर्भाभल ओरियन्टेड देखिन्छ। स्थानीय रूपमा रहेको बजेट स्रोत सरकारले आन्तरिक ऋणको रूपमा लिनाले त्यसको असर सेयर बजारमा देखिएको छ।’  

सुझावित समाचार