संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ। 

आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा दलहरू संसदीय छानबिन समितिको मोडालिटीमा सहमतिको नजिक पुगेका थिए। सहमति हुन बाँकी रहेका काम आज बस्ने कार्यदलको बैठकले टुंग्याउने निर्णय भएको थियो। 

सोहीअनुरूपमा दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिन अहिले कार्यदलको बैठक बसेको हो। 
 

सुझावित समाचार