महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना आठवटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको छ । साथै, स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२४ आयोजनासहित विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरिने बैंकले जनाएको छ ।
यसै सन्दर्भमा बैंकले ५ जेठमा प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम गरेको छ । त्यस्तै, ६ जेठमा आफ्ना आठ शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीका रूपमा रहेको रगत व्यवस्थापनलाई सहज बनाउन रक्तदान कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।
त्यसैगरी, ७ जेठमा केन्द्रीय प्रादेशिक तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय वेशभूषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी, मंगलबार केन्द्रीय कार्यालय दरबारमार्गमा स्वास्थ्य शिविर र बुधबार आँखा शिविर सञ्चालन गरिने बताइएको छ ।