सिटिजन्स बैंकले दियो बेनी अस्पताललाई वाटर फिल्टर

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

 सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नोे म्याग्दीको बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभाव हुँदा बिरामी तथा स्वास्थ्यकर्मीलाई समस्या भएको भन्दै दुईवटा वाटर फिल्टर सहयोग गरेको बैंकले जनाएको छ । 

यो सहयोगबाट सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणमा कमी आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ । 

सुझावित समाचार