नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ चलिरहेको छ।
उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको छ।
लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दाकाे फैसला मंगलबार नै आउने भनिए पनि बहस नसकिएपछि आज अन्तिम सुनुवाइ चलिरहेकाे छ। आजकाे अन्तिम सुनुवाइपछि फैसला आउने तयारी भइरहेकाले त्यहाँकाे सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।
तस्बिरहरू :

.jpg'_'.2024-05-15.jpg)
.jpg'_'.2024-05-15.jpg)
.jpg'_'.2024-05-15.jpg)
.jpg'_'.2024-05-15.jpg)
.jpg'_'.2024-05-15.jpg)
.jpg'_'.2024-05-15.jpg)
.jpg'_'.2024-05-15.jpg)