‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान प्रवर्द्धन गरिने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले मेक इन नेपाल र मेड इन नेपाल अभियान प्रवर्द्धन गर्ने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गर्ने घोषणा गरेका हुन्।

त्यस्तै, औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानुन तथा प्रक्रिया र संरचनालाई समायानुकूल बनाइने नीति कार्यक्रम छ। 

त्यस्तै, सेज, औद्योगिक क्षेत्र र औद्योगिक ग्राममा निजी क्षेत्रलाई आकर्षित गरिनेछ  र औद्योगिक क्षेत्रमा चौथो पुस्ताको अवधारणलाई प्रोत्साहन गरिने सरकारको नीति कार्यक्रम छ।

सुझावित समाचार