कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संघीय सदनकाे संयुक्त बैठक चल्न दिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिले भाग लिने आजको संयुक्त बैठक चल्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

उनले भने, ‘आजको संसद् नेपालको संविधान, गणतन्त्रात्मक पद्धति, राष्टपतिको महत्वलगायतका विषयलाई हेरेर संयुक्त बैठक चल्न दिन्छौँ। सहभागी हुन्छौँ। बैठक चल्छ। यसपछिका कुनै कार्यसूची हामी चल्न दिँदैनौँ। 

साथै बैठकले यसअघि उठाउँदै आएको सहकारी ठगी प्रकरणमा बचतकर्ता रकम सुरक्षा,  फिर्ता गर्ने ठगी, दुरुपयोग, अपचलन गर्नेलाई कडा कारबारहीको माग गर्नुका साथै यस ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छाबिन समिति गठनको माग यथावत राखेको नेता लेखकले बताए। 

आज अपरान्ह ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

सांसद लेखकले गिरीबन्धुको फैसला कांग्रेस संसदीइ दलको बैठकमा प्रवेश गरेका जानकारी दिए। 

सुझावित समाचार