माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी प्रदेश संसदीय दलले जनता समाजवादी पार्टी नेपाल नेतृत्वकाे मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

यसअघि आजै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष माओवादीका मन्त्रीहरूले राजीनामापत्र बुझाएका थिए। मधेशमा माओवादीबाट भरतप्रसाद शाह विनाविभागीय र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए।

प्रदेश प्रमुख सुमित्रा भण्डारी काठमाडौंमा रहेकाले प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई शाह र भट्टराईले समर्थन फिर्ताको पत्र बुझाएका हुन्।

सुझावित समाचार