उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा एक महिला मृत फेला परेकी छिन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईंका अनुसार ताप्ली गाउँपालिका– ३ की वर्ष ५७ दिलकुमारी मगर मृत फेला परेकी हुन्।
आज (बिहीबार) भुल्के सामुदायिक वनको मोवाखुन खोलानजिक मृत महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त शव गएको वैशाख १३ गतेदेखि हराइरहेकी ताप्ली गाउँपालिका– ३ कै दिलकुमारीको भएकाले आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भइरहेको चापागाईंको भनाइ छ।