बझाङमा एमालेका भण्डारीलाई दाेब्बरकाे अग्रता

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण

बझाङ प्रदेश सभा (१)को उपनिर्वाचनकाे मतगणना जारी छ। करिब तीन हजार मत गणना हुँदा एमालेका उम्मेदवार दमन भण्डारीले दाेब्बर मतले अग्रता लिएका छन्।

भण्डारीले एक हजार तीन सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ मत पाएका छन्।

त्यस्तै, माओवादी केन्द्रका जनक बुढाले चार सय एक र एकीकृत समाजवादीका दिलबहादुर सिंहले तीन सय ६९ मत प्राप्त गरेका छन्।

सुझावित समाचार