तोलामा २७ सयले घट्यो सुनको मूल्य

मंगलबार, ११ बैशाख, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै रु. दुई हजार सात सयले ओरालो लागेको छ।

सोमबार तोलामा रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु. एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा रु. ४५ ले गिरावट भएको छ। सोमबार प्रतितोला रु. एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ६ सय ६० निर्धारण भएको छ। 
 

सुझावित समाचार