ग्लोबल आइएमई र जिआई जेडले इभी यातायातमा लगानी गर्ने

बिहिबार, २२ चैत, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जिआई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने गरी सम्झौता गरेको छ । 

जिआई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेसन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ । यता, बैंकले नेपालमा इभीको प्रयोगमा वृद्धि गर्ने उद्देश्यले इभी सार्वजनिक यातायातमा लगानी गर्न लागेको जनाएको छ ।

उक्त परियोजनाले यस्ता सवारीसाधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पु¥याउने बताइएको छ ।

साथै, सार्वजनिक यातायात सेवामा इभी सवारीसाधनको संख्या वृद्धि हुने, सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा पनि कमी आउनुका साथै सवारीसाधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । 

त्यस्तै, बैंकले इभी प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ । जर्मन सरकारको स्वामित्वमा रहेको जिआई जेडले विश्वभरि दिगो विकास, शैक्षिक गुणस्तर विकास, जीवनयापन विकास आदि क्षेत्रमा लगानी गर्दै आएको छ । 

सुझावित समाचार