क्याप्टेन वेद उप्रेतीको ‘सुदूरपश्चिम नेपाल’ पुस्तक सार्वजनिक

बिहिबार, ८ चैत, २०८०
डिजिटल संस्करण

हवाईचालक वेद उप्रेतीले भू–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका छन् । क्याप्टेन उप्रेतीले हालै भू–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका हुन् । 

उनले सुदूरपश्चिम क्षेत्रका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई उजागर गर्दै उक्त पुस्तक लेखेका छन् । सुप प्रदेशका पर्यटकीय गन्तव्यको अहिलेको वास्तविक अवस्था र परिकल्पना गरेर भावी समृद्धि बनाउन सकिने योजना पुस्तकमा अघि सारिएको छ । नेपाली अंग्रेजी दुवै भाषामा पाइलटको दृष्टिकोण, सुदूरपश्चिमको परिचय, सपना, इतिहास, अर्थ–व्यवस्था, व्यापार, खुला सीमाका अवसर, विश्वप्यापीकरण, गरिबी, उपेक्षा इतिहास, सर्वश्रेष्ठ सम्भावना, अपिल विषयवस्तु राखेर फोटाहरू राखिएका छन् । 

‘आकाशबाट एक पाइलटको आँखाले हेर्दा सुदूरपश्चिम ज्यादै सुन्दर सम्भावना बोकेको छ,’ उनले भने, नीतिगत रूपमा विकास गर्न सके साँच्चिकै सुदूरपश्चिम स्वर्ग नै बन्छ ।’ बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका बीच उक्त पुस्तकको सार्वजनिक गरिएको छ । भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले उक्त किताबको सार्वजनिक गरेका हुन् । 

See More On

सुझावित समाचार