नेपाल सरकारको प्रवक्ताको जिम्मा मन्त्री शर्मालाई

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण

नेपाल सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिएको छ। नवगठित मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो।

बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ ओमन (सिएसडब्लू)को ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको नवनियुक्त प्रवक्ता शर्माले जानकारी दिइन् । 

सुझावित समाचार