लुम्बिनीको हिउँदे अधिवेशन सुरु

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु भएको छ। 

दिउँसो सवा ३ बजेदेखि सुरु भएकाे बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।

मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक पाँच मिनेट मात्रै बसेर सकिएकाे थियाे।  

आगामी बैठक १९ फागुन (शनिबार) बस्नेछ। दिउँसो २ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ। 
 

सुझावित समाचार