प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार यही १९ फागुन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

प्रधानमन्त्रीसँग बुधबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरले भेट गर्दै विशेष सम्बाेधनकाे टुंगाे लगाएका हुन्। भेटमा लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा प्रधानमन्त्रीको सम्बोधनका विषयमा छलफल भएको सभामुख मगरले जानकारी दिए। 

प्रदेश सरकार र प्रदेश सभाको आग्रहमा प्रधानमन्त्री १९ फागुनमा देउखुरी आउँदै छन्। सोही दिन उनले प्रदेश सभालाई विशेष सम्बोधन गर्नेछन्।

बुधबारको भेटमा लुम्बिनीमा २८ र २९ फागुनमा हुन लागेको शिखर सम्मेलनको तयारीका विषयमा मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई जानाकारी गराएका थिए। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन यही १८ फागुनदेखि सुरु हुँदै छ।

सुझावित समाचार