तस्करीको सुनसहित विमानस्थलमा भारतीय नागरिक पक्राउ

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। सोमबार बेलुका दुबईबाट आएका अहमद अब्दुल गफारलाई नेपाल प्रहरीले आगमन कक्षबाट पक्राउ गरेको हो। 

उनको साथबाट अर्धठोस सुन बरामद भएको प्रहरीले जनाएको छ। तीनवटा पोकामा लुकाइएको आठ सय ५५ ग्राम सुन बरामद भएको छ। प्रहरीले उनीमाथि थप छानबिनका लागि भन्सारमा पठाएको छ। 

सुझावित समाचार