राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बाेलाएकाे छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेकाे हाे।
रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारीलगायतका विषयमा छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ छ।
उनले भनिन्, ‘आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ–आफ्नो समितिमा जाने विधेयक कुन–कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ। यस्तै, यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाबारे समेत छलफल हुनेछ।’