न्यायाधीश मरासेनीको निधनमा उच्च र मातहतका सबै जिल्ला अदालतमा शोक बिदा

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा पाटन उच्च अदालत र मातहतका सबै जिल्ला अदालतमा आज शोक बिदा दिइएको छ। 

पाटन उच्च अदालतका न्यायाधीश मरासेनीको हृदयाघातबाट मंगलबार बिहान निधन भएको थियो। ५६ वर्षीय मरासेनी सरुवा भएर तीन दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उनी रौतहट जिल्ला अदालतबाट बढुवा भएर उच्च अदालत आएका थिए।

सुझावित समाचार