जाजरकाेट भूकम्पमा १८ जनाको मृत्यु, विवरण आउने क्रम जारी [अपडेट]

शनिबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोट भूकम्पमा परी अहिलेसम्म १८ जनाको ज्यान गएको छ। रुकुमपश्चिमको आठबिसकोटमा ११ र  जाजरकोटमा सातजनाले ज्यान गुमाएका छन्। 

शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुमपश्चिममा ११ जना र जाजरकोटमा सातजनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार राहत तथा उद्धारमा सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ। 

भूकम्पमा परी रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ र वडा नं.१२ मा मानवीय क्षति भएको उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। क्षतिको विस्तृत विवरण आउने क्रम जारी छ। 

सुझावित समाचार