भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई नेसनल लाइफको सहयोग

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत १६ असोजको भूकम्पबाट क्षतिग्रस्त बझाङको श्री बालविकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

जयपृथ्वीनगरपालिका–४ स्थित बालविकास माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीलाई आर्थिक सहयोग हस्तान्तरण गरे । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई राहत मिल्ने उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खातीले शिक्षाका लागि कम्पनीले विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनी र सिइओलाई धन्यवाद दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गनबहादुर खातीको सहभागिता थियो ।

See More On

सुझावित समाचार