हुम्लेली युवाले ल्याए मौलिकतासहितकाे ‘फेसबुकैमा माया बस्यो’ गीत

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

हुम्ला जिल्लाका युवाले पर्यटकीय क्षेत्र र मौलिक पहिचान झल्किने खालकाे दृश्य समेटेर फेसबुकैमा माया बस्यो बोलको गीतको छायांकन गरेका छन्। 

सर्केगाड गाउँपालिका– ६ को पर्यटकीय क्षेत्र सिताङ र बराई गाउँमा छायांकन गरिएको दृश्यले मौलिक पहिचान झल्किने भएको छ।

चार महिनाअघि छायांकन गरिएको म्युजिक भिडियोमा हुम्ला जिल्लाका मौलिक पहिचान झल्काइएको म्युजिक भिडियोका निर्देशक यम्बी थापाले जानकारी दिए।

म्युजिक भिडियोमा अर्गानिक रैथाने मोडलहरूले अभिनय गरेको निर्देशक थापाले बताए।  ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले छायांकन हुम्लामै गरेको निर्देशक थापाको भनाइ छ।

फेसबुकैमा माया बस्यो गीतको शब्द तथा लय गायक अमृतकुमार अनमोल र भरत बरालको कम्पोजिसनमा रहेको गीतमा हुम्लाका कलाकार जान ठकुरी  र सुस्मिता रोकायाको अभिनय छ। चर्चित गायिका र अमृतकुमार अनमोल र संगीत दीपकसंगम बिसी र म्युजिक भिडियो छायांकन अनुपराज शाहीले गरेका छन्
 

सुझावित समाचार