दसैँको पूर्वसन्ध्यामा र्‍यापर भियोमाको लाइभ कन्सर्ट हुने

सोमबार, १२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा र्यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा १६ असोजमा आयोजना हुने ‘भियोमा लाइभ’मा भियोमाले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।

क्लब १८ को आयोजनामा हुने कार्यक्रम राति ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा भियोमाको लाइभ प्रस्तुतिसँगै डिजेको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। दसैँको माहोल सुरु भइसकेको समयमा युवापुस्तालाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले बताए। 

कार्यक्रममा सहभागी हुन चाहने दर्शकका लागि टेबल रिजर्भेसनको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

See More On

सुझावित समाचार