इजरायलबाट नेपालीलाई स्वदेश ल्याउन सरकारले चार्टर विमान पठाउने

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

नेपाल सरकारले इजरायलबाट स्वदेश फिर्ता हुन चाहने नागरिकका लागि यथाशीघ्र चार्टर विमानको व्यवस्था गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नागरिकका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी पठाउने निर्णय गरेको हो। स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउनसमेत सरकारले इजरायलस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ।

नेपाल फर्काउने अवधिसम्म उनीहरूलाई अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न पनि सरकारले दूतावासलाई स्वीकृति दिने निर्णय गरेको छ।

सुझावित समाचार