दोलखामा सुन तस्करी गर्ने युवक काठमाडौंबाट पक्राउ

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

दोलखाको लामाबगरबाट सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखाको बिगु गाउँपालिका– १ का राज तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार बिगु गाउँपालिका– ३ बाट तस्करीको चार किलो सुन बरामद गरेको थियो। तस्करीमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान भइरहेको र थप सुनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

तस्करीको अनुसन्धानका लागि सिआइबीको टोली पनि दोलखा पुगेको छ।

सुझावित समाचार