संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। 

आज शोक–वक्तव्य जारी गर्दै उनले दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे। 

नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिंगाे राजनीतिक वृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै पूर्वसभामुख सापकोटा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा नेता नेम्वाङले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। 

एमाले उपाध्यक्ष नेम्वाङको गएराति हृदयाघातका कारण निधन भएको थियो।

सुझावित समाचार